सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान « Khabarhub

सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं- नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिलेसम्कै सबैभन्दा बढी ६ विकेट लिएर कर्णाली याक्सका विलियम बोसिस्टोले कीर्तिमान राखेका छन् ।

एनपीएलको सत्रौँ खेलमा मंगलबार टस हारेर पहिला फिल्डिङको निम्तो पाएका कर्णाली बलर विलियमको एकै खेलमा सबैभन्दा बढी विकेट लिएर कीर्तिमान राखेका हुन् ।

यसअघि एक खेलमा सबैभन्दा बढी ५ विकेट तीन खेलाडीले लिएका थिए । चितवन राइनोजका सोहल तनवीर, सुदूरपश्चिमका नरेन साउद र जनकपुर बोल्ट्सका हर्श थाकरले ५ विकेट लिएका छन् ।

लिगको दोस्रो खेलमा चितवनका सोहलले काठमाडौं गुर्खाजको ५ विकेट लिएका थिए । तत्कालीन समय त्यो लिगमा सबैभन्दा बढी विकेट थियो ।

नवौं खेलमा आइपुग्दा सुदूरपश्चिमका नरेन साउदले सोहलको कीर्तिमानीसँग बराबरी गरे । नरेनले पनि एकै खेलमा काठमाडौंकै ५ विकेट लिएका हुन् ।

चौधौँ खेलमा जनकपुरका हर्श थाकरले लुम्बिनी लायन्सको ५ विकेट लिए । योसँगै उनले सोहल र नरेनको कीर्तिमानीसँग बराबरी गरेका थिए ।

सत्रौं खेलमा आइपुग्दा सोहल, नरेन र हर्शलाई पछि पार्दै विलियमले कीर्तिमान राखेका हुन् ।

लिगमा विलियमको प्रस्तुति ?

विलियमलाई कर्णालीले ढिलो टिममा भित्रएको हो । मंसिर १७ गते टोलीले पहिलो खेल जनकपुरसँग खेल्दा उनी नेपाल आइपुगेका थिएनन् । उनी मंसिर १९ मा मात्रै प्रतियोगिताका लागि नेपाल आइपुगेका हुन् ।

उनले पहिलो खेल चितवन राइनोजविरुद्धको हो । सो खेलमा उनले २ ओभर बलिङ गर्दा १७ रन खर्चिएका थिए ।

दोस्रो खेल अर्थात् विराटनगरसँगको खेल मात्रै उनले विकेटको खाता खोलेका हुन् । त्यस खेलमा चार ओभर बलिङ गर्दा उनले विराटनगरका नरेन भट्टलाई एलबीडब्ल्यू आउट गरेका थिए ।

तेस्रो खेलमा कीर्तिमानी बनाउनले क्रममा उनले कप्तान कुशल भुर्तेल, म्याथ्यु क्रिचली, दिलिप नाथ, माइकल लिस्क, नारायण जोशी र रेमन रिफरको विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ०१ बजे

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा– रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार

विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २

संविधान सही ट्रयाकमा ल्याउन निर्वाचन सफल बनाउनुपर्ने

काठमाडौं– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले

निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी महासंघको अभिमुखीकरण

काठमाडौं– नेपाल पत्रकार महासंघले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय

कानुनी विवाह गरेको एक वर्षपछि नीति बनिन् बेहुली

काठमाडौं– मोडल तथा नायिका नीति शाहले लगन गाँठो कसेकी छन्