एनपीएलका दुई शीर्ष टिमको भिडन्त: जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम | Khabarhub Khabarhub

एनपीएलका दुई शीर्ष टिमको भिडन्त: जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार तालिकाको शीर्ष स्थानका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ। बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले फिल्ड रोजेपछि सुदूरपश्चिमले सुरुमा ब्याटिङ गर्ने भएको हो ।

शीर्ष स्थानको अपराजित जनकपुर बोल्ट्स र एक मात्र हार खाएको दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

अपराजित जनकपुर सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने सुदूरपश्चिम जनकपुरमाथि जित निकाल्न चाहन्छ । मार्की खेलाडी आशिफ शेख भए पनिजनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलमा अब्बल देखिएको छ।

यो भिडन्तको रोचक कुरा भने शेख दाजुभाइ प्रतिस्पर्धीका रुपमा मैदानमा हुनेछन्। कतिपयले यो खेललाई दाजुभाइ आरिफ र आसिफ शेखको भिडन्तका रुपमासमेत हेरेका छन्। जनकपुरका मार्की खेलाडीआसिफ विकेटकिपर ओपनर ब्याट्सम्यान हुन्।

आरिफ भने सुदूरपश्चिमबाट खेल्दैछन्। उनी पेस बलर हुन्। दुवै दाजुभाइले राष्ट्रिय टिममा सँगै खेले पनि उनीहरु पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा आम्नेसाम्ने हुन लागेका हुन्।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ। समान अंक भएका चितवन र कर्णाली रनरेटको आधारमा तेस्रो र चौथो स्थानमा छन् ।

 

आशिफ र आरिफ शेख । तस्बिरः एनपीएल

यो पनि पढ्नुहोस्

जनकपुर र सुदूरपश्चिमको खेलमा शेख दाजुभाइको भिडन्त

अलराउण्ड रोहित: सर्वाधिक रन, चौका र छक्काको रेकर्ड

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : ४७ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।

प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको