विपन्न विद्यार्थीलाई सहयोग « Khabarhub

विपन्न विद्यार्थीलाई सहयोग


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासस्थित पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेसन तथा स्थानीय तहमा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।

प्रतिष्ठानको सहयोगमा ३३ जना चारवर्षे र २४ जना तीनवर्षे प्राविधिक डिप्लोमा एवं नौ जना शिक्षा तथा वाणिज्य सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत छन् ।

आफ्ना मातापिताको स्मृतिमा २०७७ सालमा स्थानीय विष्णु खड्काले प्रतिष्ठान स्थापना गरी सोही वर्षदेखि विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गरेका हुन् ।

यसैगरी बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रवेशिका परीक्षामा सामेल भएका पूर्वविद्यार्थीले बर्दिबास हेल्प फाउन्डेसन स्थापना गरेर सोही वर्षदेखि सडक मानव र आश्रयविहीनलाई खाजा र खानाको व्यवस्था गर्नुका २०७८ सालदेखि नगर क्षेत्रका विपन्न परिवारका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । हालसम्म उक्त संस्थाबाट ३० जनाले छात्रवृति पाएका छन् ।

यसैगरी सानिमा बैंकले पनि दुई जनालाई स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । हालसम्म उक्त बैंकबाट ६ जना लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : ५५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग