किन पर्छ एटिएम ह्याकरको निशानामा नेपाल ? | Khabarhub Khabarhub

किन पर्छ एटिएम ह्याकरको निशानामा नेपाल ?


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शनिबार, बैंकको एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको खाताबाट करौडौं रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो । बैंकबाट अस्वभाविक रुपमा पैसा निकालिएको भन्दै प्रहरीमा पुगेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई झन्डै डेढ करोड रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

उनीहरुलाई एटिएमको पिन नम्बर ह्याक गरेर पैसा चोर्दै गर्दा प्रहरीले पक्रिएको हो । यस लगत्तै यही घटनामा तीन नेपाली र एक चिनियाँ सहित चार जना पक्राउ परे । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, ह्याकरहरुले विभिन्न बैंकको एटिएम सिस्टम ह्याक गरेका थिए ।

एटिएमको पीन नम्बर ह्याक गरि पैसा चोरी गरेको यो घटना त पछिल्लो उदाहारण मात्र हो ।

गत बर्ष भदौमा पनि नक्कली एटिएम बनाएर लाखौं चोरी गर्ने गिरोह तीन भारतिय नागरिक र दुई नेपाली सहित ५ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धान अनुसार, त्यो समूहले दुई वटा बैंकबाट ७/७ लाख गरि १४ लाख रुपैयाँ एटिएमबाट चोरी गरेको थियो । उनीहरुले नेपालमा आएर विदेशी नागरिकको नक्कली एटिएम सिर्जना गरी रकम चोरी गरेका थिए । त्यस अघि पनि एटिएमको पीन नम्बर ह्याक गरि रकम चोरी भएका घटना पटक–पटक दोहोरिएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो सात बर्षको अवधिमा मात्र एटिएम ह्याक गरेको आरोपमा ३० जना पक्राउ परिसकेका छन् । नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार, उनीहरुबाट प्रहरीले करौडौं रुपैयाँ समेत बरामद् गरेको छ । उनका अनुसार, एटिएमको पीन ह्याक गरी पैसा चोरी गर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । २०७० सालमा पहिलो पटक काठमाडौंको ठमेलबाट ४ जना चीनीयाँ नागरिक एटिएम ह्याक गरि रकम चोरीको आरोपमा पक्राउ परेका थिए ।

उनीहरुलाई ठमेलको नबिल बैकको बुथबाट रकम निकालेर भाग्दै गर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले पक्राउ गरेको थियो ।

नेपाल प्रहरीका पूर्वडिआईजी हेमन्त मल्ल पछिल्लो समय देखिएका घटनाले विकसित मुलुकमा देखिएका आधुनिक ठगको सञ्जाल नेपालमा पनि सक्रिय बनेको बताउँछन् । उनका अनुसार विकसित देशमा नक्कली डेबिट र क्रेडिट कार्ड बनाएर ठगी हुनुलाई नौलो अपराध मानिदैन । नेपाल जस्तो कम विकसित देशमा भने अझै यो नौलो अपराधको सूचीमै छ । त्यसैले अब भने यस्तो अपराधको पीडित बन्नबाट बच्त आम उपभोक्ताले पनि सचेत बन्नुपर्ने ।

एटिएम ठगीबाट कसरी बच्ने ?

– बैंकले विशेष सावधानी अपनाउने
– सुरक्षित कार्ड प्रयोगमा ल्याउने
– खातावालाहरुले नियमित रुपमा स्टेटमेण्ट जा“च गर्ने
– नियमित रुपमा पिन नम्बर परिवर्तन गर्ने
– कारोबारको एसएमएस अलर्ट राख्ने
– विश्वासमा अन्य व्यक्तिलाई पिन नम्बर नदिने
– कसैको शंकाष्पद् गतिविधी देखिएमा तुरुन्त प्रहरीमा खबर गर्ने

कमजोर बैंकिङ सुरक्षा प्रणाली, फितलो कानून, खुला नाकाका कारण प्रवेशमा सहजता, प्रहरीको कमजोर सूचना संयन्त्र प्रणाली लगायतका कारण एटिएम ह्याकिङका लागि विदेशी गिरोहको निशानामा नेपाल पर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ४ : २८ बजे

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यवसायिक बनाइनुपर्छ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको

साप्ताहिक ब्रिफिङ : भैरहवामा सकियो रविको बयान, कांग्रेसका सांसद् र मन्त्रीको जुवारी, बंगलादेशमा विद्युत बिक्री सुरु

साप्ताहिक राजनीतिक खबर  उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय