वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण « Khabarhub

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको नालास्थित काशी भन्ज्याङ क्षेत्रमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको वडा नम्बर ३ मा अवस्थित सार्वजनिक जग्गा र युलेन्स एजुकेशन फाउण्डेशनको निजी स्वामित्वमा रहेको करिब ४०० रोपनी जग्गामा करिब दशहजार बिरुवा रोपिएको कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीसहित करिब एकहजार जना सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वातावरणीय संरक्षणलाई सबैको साझा जिम्मेवारी जनाउँदै युवालाई प्रकृति संरक्षणमा सक्रिय बनाउन यस्तो अभियान महत्वपूर्ण हुने बताइन् । उनले नेपाल सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि बृहत् वृक्षारोपण अभियान अघि सारेको उल्लेख गर्दै वातावरणीय सचेतनामा यस्ता कार्यक्रमहरू टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य राखेको स्मरण गर्दै सरकारले मात्र नभई सबै पक्षको सहकार्य आवश्यक पर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठलगायत विशिष्ट अतिथिको पनि सहभागिता रहेको थियो ।

युलेन्स एजुकेशन फाउन्डेशनका ट्रष्टि हेमसागर बरालले नेपाल सरकारको जलवायु प्रतिबद्धतासँग सहकार्य गर्दै सगरमाथा संवादद्वारा अघि सारिएको २० वर्षे वृक्षारोपण अभियानलाई समर्थन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले युवाको सक्रिय सहभागितालाई उच्च प्रशंसा गर्दै वातावरणीय संरक्षणमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

फाउण्डेशन र नगरपालिकाले संयुक्त रूपमा रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्