बैंकर्स संघ नेतृत्वका लागि निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी  « Khabarhub

बैंकर्स संघ नेतृत्वका लागि निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आगामी पुस ३ गते वार्षिक साधारणसभामा संघको अध्यक्ष चयनका लागि निर्वाचन हुने भएको हो ।

२० वटा वाणिज्य बैंकहरूको छाता संगठनको रूपमा रहेको संघको नयाँ अध्यक्षको लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन दुई दिन समय बाँकी रहँदै शेरचन र कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

शेरचन अहिले संघको कार्यसमिति सदस्यको रूपमा रहेका छन् भने कोइराला उपाध्यक्षको जिम्मेवारीमा छन् । १३ वर्ष अगाडि देखि यता संघको नेतृत्व आपसी सहमतिमा चयन हुँदै आएकोमा शेरचन र कोइरालाले उम्मेदवारी दर्ता गराएसँगै यस पटक नेतृत्व चयनका लागि निर्वाचन हुने संकेत देखिएको हो ।

 अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि निर्वाचन नगरी आपसी सहमतिमा नेतृत्व चयन गर्ने पहल गरिने कार्यसमितिका सदस्यहरूको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : ३२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार