वैदेशिक शिक्षाका नाममा बाहिरियो पौने ३८ अर्ब « Khabarhub

वैदेशिक शिक्षाका नाममा बाहिरियो पौने ३८ अर्ब

घुम्न जानेले खर्च गरे साढे ३० अर्ब


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेश पढ्ने नाममा नेपाली विद्यार्थीले पौने अर्ब बढी रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा विदेश पढ्न जाने विद्यार्थीले ३७ अर्ब ७२ करोड रुपैयाँ विदेश लगेका हुन् ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ विदेश लगेका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ४ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा शिक्षाबापत बाहिरिने रकम केही घटेको देखिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट विदेश घुम्न जाने नेपालीले ३० अर्ब ५९ करोड रकम खर्च गरेका छन् । त्यस्तै समीक्षा अवधिमा नेपाल आएर घुम्ने पर्यटकले २६ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : २५ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका