संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’ « Khabarhub

संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोहा – प्यालेस्टिनी लडाकु समूह हमासले बिहीबार गाजामा तत्काल र बिना शर्त युद्धविरामका लागि संयुक्त राष्ट्र महासभाको मतदानलाई स्वागत गरेको छ । यो प्रतीकात्मक कदमलाई संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरेका छन् ।

हमासले विज्ञप्तिमा भनेको छ, “गाजामा युद्धविरामको माग गर्दै (गाजा) पट्टीका नागरिकहरूलाई आवश्यक सेवा र मानवीय सहायतामा तत्काल पहुँच दिन सक्षम बनाउँदै १५८ देशले समर्थन गरेको संयुक्त राष्ट्र महासभाको प्रस्तावलाई स्वीकृत गरेकामा हमास स्वागत गर्दछ ।”

महासभाले बुधबार नौ विरुद्ध १५८ मतले प्रस्ताव पारित गरेको थियो भने १३ जना अनुपस्थित थिए । प्रस्तावले ‘तत्काल, बिना शर्त र स्थायी युद्धविराम’ र ‘सबै बन्दीको तत्काल र बिना शर्त रिहाइ’ को माग गरेको छ । यो शब्दावली गत महिना सुरक्षा परिषद्मा वासिङ्टनद्वारा भिटो गरिएको पाठसँग मिल्दो छ ।

सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध सुरु गर्ने हमास भनेको छ, “यस आक्रमणका क्रममा हामीले युद्धविरामका लागि नेतृत्व गर्ने कुनै पनि निर्णय वा पहलहरूको जवाफ दिन निरन्तर इच्छा व्यक्त गरेका छौँ ।”

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र संयुक्त राज्य अमेरिकालाई निरन्तर लडाइँका लागि दोष दिएको छ ।

आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित एक हजार दुई सय आठ जनाको मृत्यु भएको थियो । उक्त गणनामा प्यालेस्टिनी क्षेत्रमा राखिएको बेला मारिएका बन्धकहरू समावेश छन् ।

सशस्त्र समूहले २५१ बन्दी अपहरण गरे । तीमध्ये ९६ वर्तमानमा गाजामा छन् । जसमा ३४ जनालाई इजरायली सेनाले मृत भनेर बताएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको प्रतिशोधात्मक आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ४४ हजार आठ सय ३५ जनाको गाजामा मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ८ : ५६ बजे

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६