एनपीएल : आजको पहिलो खेलमा कर्णालीसँग भिड्दै प्लेअफबाट बाहिरिएको लुम्बिनी « Khabarhub

एनपीएल : आजको पहिलो खेलमा कर्णालीसँग भिड्दै प्लेअफबाट बाहिरिएको लुम्बिनी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान एक खेल अगाडि नै प्ले अफबाट बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार बिहान ९ बजे सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ।
एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

एनपीएल अन्तर्गत शुक्रबार दिउँसो विराटनगर र चितवन भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

यो पनि पढ्नुहोस्

अलराउण्ड रोहित: सर्वाधिक रन, चौका र छक्काको रेकर्ड

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ०४ बजे

निर्वाचन आयोगलाई टेर्दैनन् उम्मेदवार, स्पष्टीकरणको जवाफ दिनै आनाकानी

काठमाडौं- निर्वाचन आउन अब २३ दिन मात्रै बाँकी छ ।

नेकपाको प्रतिबद्धता : दलित, अल्पसंख्यक र अपाङ्गलाई ५ प्रतिशत ब्याजमा १ करोडसम्म ऋण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दलित, अल्पसंख्यक र शारीरिक

नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाले घोषणापत्र सार्वजनिक गरेको छ। पेरिसडाँडामा

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र