एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै « Khabarhub

एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्लेअफ दौड कठिन बनेको विराटनगर र प्लेअफ दौडमा रहेको चितवनबीचको खेललाई रोचक ढंगले हेरिएको छ। एनपील तालिकामा चितवन ६ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएको कर्णाली रनरेटका आधारमा चौथो स्थानमा छ। विराटनगर भने दुई अंकसहित तालिकाको पुछारमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

एनपीएल अन्तर्गत शुक्रबार बिहानको पहिलो खेलमा भने प्लेअफ दौडबाट एक खेल अगाडि नै बाहिरिएको लुम्बिनी र प्लेअफ दौडको बलियो सम्भावना भएको कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : १७ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि