बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य  « Khabarhub

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्सले बसिर अहदमको अर्धशतकमा चितवन राइनोजलाई  १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिलो ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।

विराटनगरका लागि घरेलु खेलाडी बसिरले सर्वाधिक अविजित ६८ रन जोडे । चितवनको ४४ बल सामान गरेको उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

विराटनगरका मार्टिन गुप्टिल भने आजको खेलमा अर्धशतक प्रहार गर्न ५ रनले चुके । १ चौका र ४ छक्काको सहयोगमा ४५ रन जोडेका उनी चितवन कप्तान कुशल बल्लको बलको शिकार भए ।

राजेश पुलामीले २० बलमा अविजित ३३ रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।

दीपक बोहोरा र निकोलस किर्टोनले दोहोरो रन बनाउन सकेनन् । दीपक ४ रन र निकोलस ८ रनमा पवेलियन फर्किए ।

विराटनगरका दुई खेलाडीले भने रनको खाता नै खोल्न सकेनन् । ओपनर लोकश बम २ बल सामना गरेर रिजन ढकालको घातक बलिङले पवेलियन फर्किए । अर्का खेलाडी स्कट एडवर्ड्स पनि खाता नखोली मैदानबाट बाहिरिए ।

चितवनका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिए । सोहल तनवीर, बासिल हमिद र कुशल मल्लले समान १(१ विकेट लिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  २ : ४६ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक