बृहस्पतिको चन्द्रमामा ज्वालामुखी विस्फोट, भिडियो सार्वजनिक « Khabarhub

बृहस्पतिको चन्द्रमामा ज्वालामुखी विस्फोट, भिडियो सार्वजनिक


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको तेस्रो ठूलो चन्द्रमा (आइओ) मा ज्वालामुखी विस्फोट भएको भिडियो जारी गरेको छ ।

यो भिडियो नासाले आफ्नो जुनो मिसनको अन्तरिक्ष यानबाट रेकर्ड गरेको हो । उक्त भिडियो नासाले सामाजिक सञ्जालमा राखेको छ । भिडियोमा चन्द्रमाको सतहबाट लाभा बाहिर निस्किरहेको देखिन्छ ।

आइओलाई हाम्रो सौर्यमण्डलमा सबैभन्दा सक्रिय ज्वालामुखी चन्द्रमा मानिन्छ। यसको सतहमा ४०० भन्दा बढी सक्रिय ज्वालामुखीहरू छन्, जसमा लगातार विस्फोट भइरहन्छ र लाभा निस्कन्छ।

नासाको जुनो मिसनले गरेको अनुसन्धानले आइओमा ज्वालामुखी गतिविधिको ४४ वर्ष पुरानो रहस्य बुझ्न मद्दत गरेको जनाइएको छ।

आइओमा ज्वालामुखी विस्फोटको पहिलो तस्बिर १९७९ मा लिइएको थियो । त्यहाँ धेरै पोखरीहरू छन्, जसमा पग्लिएको लाभा छ।

कति शक्तिशाली छ आइओ ? 

बृहस्पतिको चन्द्रमा आइओमा विस्फोट हुने ज्वालामुखी लाभा म्याग्माका महासागरहरू भन्दा पनि म्याग्मा कक्षहरूबाट आउँछ । नेचरडटकमका अनुसार यसको सतहमा ज्वालामुखी विस्फोट हुँदा यसको आकार परिवर्तन भइरहन्छ ।

आइओ पहिलोपटक वैज्ञानिक ग्यालिलियो ग्यालिलीले सन् १६१० मा पत्ता लगाएका थिए । ज्वालामुखी सक्रिय भएकोबारे चाहिँ वैज्ञानिक लिन्डा एले सन्‌ १९७९ मा पत्ता लगाएकी थिइन्‌ ।  – दैनिक भाष्करबाट साभार

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : २८ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक