जनताको भरोसालाई टुट्न दिँदैनौँः प्रचण्ड « Khabarhub

जनताको भरोसालाई टुट्न दिँदैनौँः प्रचण्ड


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

अध्यक्ष दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताए ।

“माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढङ्गले बुझ्दै गएका छन् । सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ । यसमा सबै लाग्नुहोला”, उनले भने ।

अध्यक्ष दाहालले राष्ट्रको हितलाई सर्वोपरी राखेर छिमेकी राष्ट्र भारत र चीन तथा अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ११ बजे

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्

ड्रोनबाट यस्तो देखियो बालाजु स्थित सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– बालाजुस्थित सुकुम्वासी बस्ती खाली गरिँदै छ ।  सरकारले भोलि