सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू « Khabarhub

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै नेता आङ्देम्बेले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जबाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति गम्भीर नदेखिएको टिप्पणी गरे । 

नेता आङ्देम्बेले राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियामाथि बेवास्ता हुने गरेको बताए । सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता विषयमा नेपाली कांग्रेस गम्भीर रहेको स्पष्ट पारे । 

उनले सरकारका पछिल्ला गतिविधिबारे छलफल गर्न छिट्टै प्रतिपक्षी दलहरूको बैठक बस्ने र त्यसपछि सरकारप्रतिको साझा धारणा सार्वजनिक गरिने जानकारी दिए । 

प्रतिपक्षी दलहरूबीच छलफल गरेर सरकारका कामकारबाहीबारे संस्थागत धारणा बनाउने तयारी रहेको उनको भनाइ छ । त्यसैगरी, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि पनि नेता आङ्देम्बेले प्रश्न उठाए । 

राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरे ।

उनले सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताए  । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ७ : ५४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति