एम्बाप्पे बिनाको रियल म्याड्रिडले शीर्ष स्थानमा पुग्ने मौका गुमायो « Khabarhub

एम्बाप्पे बिनाको रियल म्याड्रिडले शीर्ष स्थानमा पुग्ने मौका गुमायो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलको आइतबार राति भएको खेलमा रियल म्याड्रिड र रायो भल्कानोको ३-३ गोलको बराबरी भएको छ। बराबरीपछि रियल म्याड्रिडले तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

स्टार खेलाडी केलिएन एम्बाप्पे विना मैदानमा उभिएको कार्लोस एन्सेलोटीको प्रशिक्षणको म्याड्रिडमा पाँचौँ मिनेटमा नै पछि परेको थियो।

जर्ज डी फुर्टोसको कर्नरमा हेड गर्दै युनाइ लोपेजले रियललाई पहिलो अग्रता दिलाएका थिए। ३६ औं मिनेटमा आन अब्दुल अमिनले गोल गर्दै भल्कानोको अग्रता अझ फराकिलो बनाएका थिए। त्यसको तीन मिनेटपछि नै फेड्रिको भालभार्डेले रियलका लागि गोल गरेका थिए।

पहिलो हाफको अन्त्यमा जुड बेलिङघमले रियलका लागि गोल गरे। बेलिङघमको यो ला लिगामा लगातार छैटौँ खेलमा गोल हो। उनी रियलका पछिल्ला आठमध्य सात खेलमा गोल गर्न सफल भएका थिए।

सन् २०१६ मा करिम बेन्जिमापछि रियलका लागि लिगा ६ ला लिगा खेलमा गर्ने गर्ने खेलाडीको रूपमा कीर्तिमान कायम गर्न पनि बेलिङघम सफल भएका छन्। दोस्रो हाफको ११ औं मिनेटमा रोड्रिगोलले रियललाई अग्रता दिलाए पनि भल्कानोको पालाजोनले बराबरी गोल गरे।

शनिबार भएका ला लिगका अन्य खेलमा रियल मार्लोकाले गिरोनालाई २-१ ले हरायो। सेभियाले सेल्टाभिगोलाई १-० ले हरायो भने ओसासुना र इस्पानियोल बिचको खेलमा गोलरहित बराबरी भयो। तालिकामा बार्सिलोना १७ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको रियल म्याड्रिड ३७ अङ्क सहित दोस्रो स्थानमा छ। १६ खेल खेलेको एट्लेटिको म्याड्रिड ३५ अङ्कसहित तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ०० बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक