स्पेनिस ला लिगा : रायो भ्यालेकानोले रियल मड्रिडलाई रोक्यो बराबरीमा « Khabarhub

स्पेनिस ला लिगा : रायो भ्यालेकानोले रियल मड्रिडलाई रोक्यो बराबरीमा


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत रायो भ्यालेकानोले साबिक विजेता रियल म्याड्रिडलाई बराबरीमा रोकेको छ ।

आज बिहान सकिएको खेलमा ३–३ गोलको बराबरी खेल्दै भ्यालेकानोले रियललाई बराबरीमा रोक्दै अंक बाँडेको छ ।

भ्यालेकानोका लागि लोपेज, मुमिन र पालाजोन तथा रियल मड्रिडका भाल्भार्डे, बेलिंघम र रोड्रिगोले एक–एक गोल गरेका थिए ।

भ्यालेकानेका लोपेजले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । ३६औँ मिनेटमा मुमिनले गोल गर्दै भ्यालेकानोको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ३९औँ मिनेटमा भाल्भार्डे र ४५औँ मिनेटमा बेलिंघमले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै, रियलका रोड्रिगोले ५६औँ मिनेटमा गोल गर्दै खेललाई ३Þ–२ को अवस्थामा ल्याए पनि ६४औँ मिनेटमा भ्यालेकानोका पालाजोनले गरेको गोलसँगै रियल मड्रिड ३–३ गोलको बराबरीमा रोकिन बाध्य भयो ।

यो बराबरीसँगै रियल १७ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ भने भ्यालेकानो १६ खेलमा २० अंकसहित १३औँ स्थानमा छ। १७ खेल खेलेको बार्सिलोनाको ३८ अंक छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ५८ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले