वलीको शोकमा प्रदेशसभा सचिवालय बन्द « Khabarhub

वलीको शोकमा प्रदेशसभा सचिवालय बन्द


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताएका छन् ।

प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै सभामुख घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वलीको निधनले समाज र प्रदेशसभामा अपूरणीय क्षति पुगेको छ ।’

सभामुख घर्तीले वलीको निधनमा श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । विज्ञप्तिमा शुक्रबार एक दिन प्रदेशसभा सचिवालय बन्द रहने पनि बताइएको छ ।

सडक दुर्घटनामा परी घाइते भएका वलीको बिहीबार राति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको हो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किंदा उनी दाङको चिसापानीमा दुर्घटनामा परी घाइते भएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ३ : २० बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको