पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष « Khabarhub

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघकाे ६९ वर्षको इतिहासमा नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन् । उनी यस अगाडिको निर्वाचनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी थिइन् । तर तत्कालीन गठबन्धनबाट प्रेस युनियनका विपुल पोख्रेलले जितेका थिए ।

यो पटक शर्माले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सय भन्दा बढी मतान्तरले पराजित गरेकी हुन् । यसको पूर्ण जनकारी दिउँसो १ बजेपछि जानकारी गराइने बताइएको छ ।

आधिकारिक घोषणा नभए पनि निर्मलाको जित सुनिश्चित भएको निर्वाचन आयोगका सदस्यको भनाइ छ । यस्तै, उनको प्यानलबाट अन्य पदाधिकारी पनि विजयी भएको बताइएको छ । तर कोषाध्यक्षमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट रामकृष्ण अधिकारी विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा निर्मला शर्माको प्यानलबाट दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमेदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । यस्तै, सचिवहरू र लेखा समिति संयोजक के.सी. लामिछाने पनि निर्मला प्यानलबाट नै विजयी भएका छन् ।

गत शुक्रबार सबै जिल्ला र प्रदेशहरूमा एक साथ निर्वाचन भएको थियो । प्रदेशगत रुपमा र जिल्लागत रुपमा पनि निर्मला समूहका उम्मेदवारहरु नै बढी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : १४ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च