गर्भावस्थामा महिलाले यी कुरामा विशेष ध्यान दिनुपर्छ | Khabarhub Khabarhub

गर्भावस्थामा महिलाले यी कुरामा विशेष ध्यान दिनुपर्छ


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक महिलामा आमा बन्ने चाहना हुन्छ । आमा बन्ने चाहनाले कतिपय महिलाले आफ्नो शारीरीक सौन्दर्यता तथा रोजगारीलाई समेत त्याग्दछन् ।

महिलाका लागि गर्भावस्था विशेष समय हो । तर गर्भमा रहेको शिशुको स्वास्थ्यबारे ध्यान पुर्‍याउन नसक्दा वा गर्भावस्थामा साधारण जानकारीको अभावमा महिलाले आफ्नो शिशु गुमाउने जोखिम पनि रहन सक्छ । त्यसैले, गर्भावस्थामा गर्भवती महिलाले यी कुराहरुमा ध्यान दिन आवश्यक छ-

१. पुरुषसंग संसर्ग भएपछिको अन्तिम पटकको महिनावारी भएको मितिबाट महिलालाई गर्भवती मानिन्छ । त्यस अनुसार महिलाले पहिलो ३ महिना र ६ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यसपछिको ३ महिनाको अवधिमा न्यूनतम २ पटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । अर्थात गर्भधारण भएदेखि शिशु नजन्मिएसम्मको अवधिमा कम्तीमा चारपटक स्वास्थ्य जाच गराउँनुपर्दछ ।

२. गर्भ धारण गरेको पहिलो चार महिनापछि धनुष्टंकार र डिप्थिरियाको खोप लगाउनुपर्छ । यो खोप लगाउँदा डेढ महिनाको अवधि फरक पारेर कम्तीमा दुईपटक खोप लगाउन अनिवार्य छ ।

३. गर्भावस्थामा महिलालाई रक्तअल्पता हुने, क्याल्सियमको कमी हुने गर्दछ । त्यसैले यस्तो बेला नजिकैको स्वास्थ्यचौकीमा बेलाबेलामा जाँच गराईरहनु पर्दछ । साथै नियमित रुपमा रगत र पिसाब जाच गर्नुपर्छ ।

४. यदि पहिलेदेखि नै उच्च रक्तचाप छ भने गर्भावस्थामा महिलालाई त्यसले झन् जोखिम निम्त्याउछ । साथै, यदि गर्भमा जुम्ल्याहा बच्चा छ भने पनि यसको जोखिम हुन्छ । यसबाट बच्न प्रत्येक दिन क्याल्सियम खुवाउनुपर्छ ।

५. गर्भमा रहने शिशु पूर्णतया आमाको भरमा हुने गर्दछ । त्यसैले गर्भावस्थामा महिलालाई अन्य समयभन्दा बढी मात्रामा पौष्टिक आहार ख्वाउनुपर्छ ।

६. गर्भवती महिलाले हरेक दिन खानामा क्याल्सियम, प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेट लगायतका पौष्टिक तत्व तथा आइरन भएका खानेकुरा सेवन गर्नुपर्छ ।

७. गर्भवती महिलालाई दैनिक ३ सयदेखि ४ सयसम्म क्यालोरीयुक्त खानेकुरा आवश्यकता पर्ने भएकाले सोहि अनुसारको शक्तिको पूर्ति गर्ने खाना खानुपर्दछ ।

८. शरीरमा हुने डिहाइड्रेसनबाट बच्न गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनु पर्दछ । फोलिक एसिड बाहेक गर्भावस्थामा अन्य औषधि सेवन गर्नुहुँदैन ।

९. गर्भवती महिलाले शरीरलाई बल नपर्ने गरी सामान्य एक्सरसाइज गर्नुपर्दछ । सकेसम्म दैनिक २/३ किलोमिटर हिड्ने तथा हात, घाँटीका एक्सरसाइज गर्नुपर्दछ ।

१०. गर्भधारणको सुरुको ३ महिना तथा अन्तिम अवस्थामा बच्चा खेर जाने सम्भावना प्रवल रहन्छ । तसर्थ यस्तो बेलामा अत्यधिक मात्रामा शारीरिक परिश्रम गर्नु हुँदैन । सकेसम्म धेरै आराम गर्नुपर्दछ ।

ध्यान राख्नुस्, गर्भवती महिलाको शरीरका सबै अंग कमजोर र खुकुलो भएका हुने भएकाले सुत्केरी भइसके पछि ४५ दिनसम्म अनिवार्य आराम गर्नुपर्छ । त्यसपछिका दिनमा पनि साधारण काम गर्दै करिव ६ महिनापछि मात्रा अवस्था हेरेर पुराना काम गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : २९ बजे

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर– गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो

बाढी पीडितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर