गर्भावस्थामा महिलाले यी कुरामा विशेष ध्यान दिनुपर्छ « Khabarhub

गर्भावस्थामा महिलाले यी कुरामा विशेष ध्यान दिनुपर्छ


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक महिलामा आमा बन्ने चाहना हुन्छ । आमा बन्ने चाहनाले कतिपय महिलाले आफ्नो शारीरीक सौन्दर्यता तथा रोजगारीलाई समेत त्याग्दछन् ।

महिलाका लागि गर्भावस्था विशेष समय हो । तर गर्भमा रहेको शिशुको स्वास्थ्यबारे ध्यान पुर्‍याउन नसक्दा वा गर्भावस्थामा साधारण जानकारीको अभावमा महिलाले आफ्नो शिशु गुमाउने जोखिम पनि रहन सक्छ । त्यसैले, गर्भावस्थामा गर्भवती महिलाले यी कुराहरुमा ध्यान दिन आवश्यक छ-

१. पुरुषसंग संसर्ग भएपछिको अन्तिम पटकको महिनावारी भएको मितिबाट महिलालाई गर्भवती मानिन्छ । त्यस अनुसार महिलाले पहिलो ३ महिना र ६ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यसपछिको ३ महिनाको अवधिमा न्यूनतम २ पटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । अर्थात गर्भधारण भएदेखि शिशु नजन्मिएसम्मको अवधिमा कम्तीमा चारपटक स्वास्थ्य जाच गराउँनुपर्दछ ।

२. गर्भ धारण गरेको पहिलो चार महिनापछि धनुष्टंकार र डिप्थिरियाको खोप लगाउनुपर्छ । यो खोप लगाउँदा डेढ महिनाको अवधि फरक पारेर कम्तीमा दुईपटक खोप लगाउन अनिवार्य छ ।

३. गर्भावस्थामा महिलालाई रक्तअल्पता हुने, क्याल्सियमको कमी हुने गर्दछ । त्यसैले यस्तो बेला नजिकैको स्वास्थ्यचौकीमा बेलाबेलामा जाँच गराईरहनु पर्दछ । साथै नियमित रुपमा रगत र पिसाब जाच गर्नुपर्छ ।

४. यदि पहिलेदेखि नै उच्च रक्तचाप छ भने गर्भावस्थामा महिलालाई त्यसले झन् जोखिम निम्त्याउछ । साथै, यदि गर्भमा जुम्ल्याहा बच्चा छ भने पनि यसको जोखिम हुन्छ । यसबाट बच्न प्रत्येक दिन क्याल्सियम खुवाउनुपर्छ ।

५. गर्भमा रहने शिशु पूर्णतया आमाको भरमा हुने गर्दछ । त्यसैले गर्भावस्थामा महिलालाई अन्य समयभन्दा बढी मात्रामा पौष्टिक आहार ख्वाउनुपर्छ ।

६. गर्भवती महिलाले हरेक दिन खानामा क्याल्सियम, प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेट लगायतका पौष्टिक तत्व तथा आइरन भएका खानेकुरा सेवन गर्नुपर्छ ।

७. गर्भवती महिलालाई दैनिक ३ सयदेखि ४ सयसम्म क्यालोरीयुक्त खानेकुरा आवश्यकता पर्ने भएकाले सोहि अनुसारको शक्तिको पूर्ति गर्ने खाना खानुपर्दछ ।

८. शरीरमा हुने डिहाइड्रेसनबाट बच्न गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनु पर्दछ । फोलिक एसिड बाहेक गर्भावस्थामा अन्य औषधि सेवन गर्नुहुँदैन ।

९. गर्भवती महिलाले शरीरलाई बल नपर्ने गरी सामान्य एक्सरसाइज गर्नुपर्दछ । सकेसम्म दैनिक २/३ किलोमिटर हिड्ने तथा हात, घाँटीका एक्सरसाइज गर्नुपर्दछ ।

१०. गर्भधारणको सुरुको ३ महिना तथा अन्तिम अवस्थामा बच्चा खेर जाने सम्भावना प्रवल रहन्छ । तसर्थ यस्तो बेलामा अत्यधिक मात्रामा शारीरिक परिश्रम गर्नु हुँदैन । सकेसम्म धेरै आराम गर्नुपर्दछ ।

ध्यान राख्नुस्, गर्भवती महिलाको शरीरका सबै अंग कमजोर र खुकुलो भएका हुने भएकाले सुत्केरी भइसके पछि ४५ दिनसम्म अनिवार्य आराम गर्नुपर्छ । त्यसपछिका दिनमा पनि साधारण काम गर्दै करिव ६ महिनापछि मात्रा अवस्था हेरेर पुराना काम गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : २९ बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि