निर्धारित मितिमै चिकित्सा शिक्षाको प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह « Khabarhub

निर्धारित मितिमै चिकित्सा शिक्षाको प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा शिक्षाका प्रवेश परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न सबैसँग आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरी चिकित्सा शिक्षाका लागि विभिन्न मितिमा गर्ने गरी तय भइसकेका प्रवेश परीक्षाहरु यथावत् रुपमा निर्बाध रुपमा गर्ने-गराउने व्यवस्थाका लागि सम्बद्ध सबै पक्षसँग आग्रह गरे ।

त्रिवि महाराजगञ्ज चिकित्सा अध्ययन संस्थान र महाराजगञ्ज डिनको कार्यालय तथा परीक्षा शाखामा र काठमाडौँ विश्वविद्यालयका परीक्षा सञ्चालन शाखामा स्वतन्त्र विद्यार्थी युनियनसहितको सहभागितामा गठित सङ्घर्ष समितिले चिकित्सा शिक्षामा ७५ प्रतिशतसम्म छात्रवृत्ति माग गर्दै यही भदौ १५ गतेदेखि तालाबन्दी गरेका छन् ।

चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । प्रवक्ता अर्यालले गुणस्तरीय चिकित्सा शिक्षा अभिवृद्धिका लागि सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति, साझा प्रवेश परीक्षा, एकीकृत पाठ्यक्रम तथा क्यालेन्डर तर्जुमा लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ मा उल्लिखित प्रावधानहरु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धारित समयमा नै चिकित्सा शिक्षाका प्रवेश परीक्षा सञ्चालन गर्न सबै पक्षसँग अनुरोध गरेका छन् ।

“राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ बमोजिम चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने सन्दर्भमा सो आयोगकाम उपाध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले हाल मन्त्रिपरिषद्समक्ष तीन जना उम्मेदवारको नाम सिफारिस गरिसकेको अवस्था छ”, उनले विज्ञप्तिमा भनेका छन्, “चिकित्सा शिक्षा क्षेत्रको नियमनका लागि आवश्यक कानूनी तथा व्यवस्थापकीय कार्य सम्पन्न भएपश्चात् यस क्षेत्रको प्रणालीगत विकास हुने मन्त्रालयले विश्वास लिएको छ ।”

साझा प्रवेश परीक्षा, शुल्क निर्धारण, आयोगको स्थायी सङ्गठन संरचना तथा चिकित्सा शिक्षा नियमावलीको तर्जुमाका लागि उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा एक समिति गठन भई उक्त समितिअन्तर्गत प्राडा धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा साझा प्रवेश परीक्षा उपसमिति, विश्वविद्यालय अनुदान आयोगका प्राडा भीमप्रसाद सुवेदी र राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको संयोजकत्वमा शुल्क निर्धारण उपसमिति, शिक्षा सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा सङ्गठन संरचना र स्वास्थ्य सचिवको संयोजकत्वमा नियमावली तर्जुमा उपसमिति गठन भई कार्य अन्तिम चरणमा पुगेको समेत उनलेले विज्ञप्तिमार्फत जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करीब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : १० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी