ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित | Khabarhub Khabarhub

ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ। खेल सुरु भएको चौथो मिनेटमा ओस्कार रोड्रिगुयजको कर्नरमा सर्जियो गोन्जालेजले गरेको हेड गोलमा लेगानेसले अग्रता लिएको थियो। खेल अवधिभर बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन।

सो खेलमा बार्सिलोनाका राफिन्होको प्रहार क्रस बारमा लागेका थियो। स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ। १७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ। चौथो स्थानमा रहेको एथलेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

आइतबार भएका अन्य खेलमा एट्लेटिकको म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ भने रियल बेटिसले भिल्लारियललाई २–१ ले पराजित गरेको छ। अर्को खेलमा अल्भास र एथलेटिक बिलबोओको बिचमा १-१ गोलको बराबरी भएको छ। यसैगरी रियल सोसिडाड र लास पल्मासबिच गोलरहित बराबरी भएको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ४३ बजे

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिने चौथो टोली

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्ष २०८१र८२ को शुरुवाती पाँच महिनामा

जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो

तुलसीपुर – लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको

कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम

सिरक–डसना बनाएर मनग्य आम्दानी

सर्लाही– सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला