कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने « Khabarhub

कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ ।

पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्न सफल भएको छ । अब उसले क्वालिफायर २ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सुदूरविरुद्ध कर्णालीले कम्तीमा पनि १२ रनको जित आफ्नो पक्षमा पारेर १० अंक जोडेको अवस्थामा जनकपुरले चितवन राइनोजसँग इलिमिनेटर खेल्ने थियो ।

तर सुदूरविरुद्धको नतिजा आफ्नो पक्षमा पार्न नसकेको कर्णालीले क्वालिफायर २ पुग्न चितवनसँग भिड्नुपर्ने छ ।

यता क्वालिफायर १ भिडन्तमा बाजी मार्ने सुदूरपश्चिम र जनकपुरमध्ये एक सिधै फाइनलमा उपाधि भिडन्तका लागि पुग्नेछ । पराजित हुनेले इलिमिनेटरको विजेताविरुद्ध फाइनलका लागि खेल्नुपर्ने छ ।

यता सोमबारको खेलमा सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ३८/३८ रनको योगदान दिए । साइफ जाइबले ११ रनको योगदान दिए ।

उता कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १/१ विकेट झार्न सफल भए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो।

कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिएका थिए ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ०९ बजे

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई