हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं | Khabarhub Khabarhub

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिने चौथो टोली बनेको छ काठमाडौं गुर्खाज ।

८ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।

सोमबार सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्सले फराकिलो हार व्यहोरेको अवस्थामा काठमाडौंले प्लेअफका खेल खेल्ने सम्भावना थियो ।

यससँगै सोमबारको खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित कर्णाली याक्स प्लेअफमा स्थान बनाउने चौथो टोली बनाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेको हो ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्रै सुदूरपश्चिमले पूरा गरेको अवस्थमा काठमाडौं प्लेअफमा पुग्ने थियो ।

यससँगै लिग चरणका सात खेलमा ६ खेल जित्दै सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

लिग चरणमा २ खेल हारेको जनकपुर बोल्ट्स १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : २६ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको