नेपाली पत्रकारका लागि चिनियाँ भाषाको पढाइ सुरु | Khabarhub Khabarhub

नेपाली पत्रकारका लागि चिनियाँ भाषाको पढाइ सुरु


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड महामारीका कारण बन्द भएको चिनियाँ भाषाको पढाइ नेपालमा फेरि सुरु भएको छ।

नेपाली पत्रकारहरूको अन्तरसांस्कृतिक आदानप्रदान र करिअर विकासलाई प्रवर्द्धन गर्न काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटमा चिनियाँ तालिम कक्षाको सुरुवात गरिएको हो ।

नेपाल–चीन मिडिया फोरम र कन्फ्युसियस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाली मूलधारका सञ्चारमाध्यमका ४० भन्दा बढी पत्रकार सहभागी छन् ।

उद्घाटन समारोहमा नेपाल–चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले यो तालिमले पत्रकारहरुको चिनियाँ भाषा सीपमा सुधार गर्ने, चिनियाँ प्रकाशनलाई अझ राम्रोसँग बुझ्ने, रिपोर्टिङमा रहेका कमजोरी पत्ता लगाउन र व्यक्तिगत तथा व्यावसायिक विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताए।

काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक ली सुआङचेङले आफ्नो मन्तव्यमा चिनियाँ भाषा विश्वमा सबैभन्दा बढी बोलिने भएकाले नेपाली पत्रकारहरूलाई चिनियाँ जानकारी सहज रूपमा लिन मद्दत पुग्ने बताए।

भाषा सिकाइका लागि दीर्घकालीन प्रयासको आवश्यकता रहेको उनले बताए । कन्फ्युसियस इन्स्टिच्युटले विद्यार्थीहरूलाई चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण पुल बन्नुपर्ने उनले बताए ।

यस प्रशिक्षण पाठ्यक्रमले आधारभूत चिनियाँ ज्ञान र व्यावहारिक सीपहरू दिने बताइएको छ। विद्यार्थीहरूलाई विभिन्न अनुभव प्रदान गर्ने लक्ष्यसहित चिनियाँ सांस्कृतिक जानकारी पनि तालिममा दिइने भएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : १७ बजे

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ