समाजवादी गणतन्त्रले जनताका चाहना सम्बोधन गर्छ : वर्षमान पुन « Khabarhub

समाजवादी गणतन्त्रले जनताका चाहना सम्बोधन गर्छ : वर्षमान पुन


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दाबी गरेका छन् ।
 नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए।
मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उनको भनाइ छ ।
‘मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टीकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठिक पनि भन्ने गरेका छन्, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुन जरुरी छ’, नेता पुनले भने।
संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने पद्धति आवश्यकता रहेको बताउँदै नेता पुनले समानुपातिक, समावेशिता र सामाजिक न्यायलाई प्रभावकारी बनाएर पछाडि परेका वर्ग, समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्ने विचार व्यक्त गरे।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : ४० बजे

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले