एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो | Khabarhub Khabarhub

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान  विवादबारे परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

गुरुङले एमालेलाई कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतले सोमबार सुनुवाइपछि खारेज गर्ने निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइपछि रिट खारेज हुने आदेश आएको हो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिट खारेज भएसँगै अब कीर्तिपुर नगरपालिकास्थित मीनबहादुरले दिएको दाने जग्गामा एमालेको केन्द्रीय कार्यालय भवन बन्ने बाटो खुलेको छ ।

यसअघि कात्तिक १२ गते सर्वोच्च अदालतले एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी गुरुङले कीर्तिपुर नगरपालिकास्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएसँगै मीनबहादुरको दाने जग्गामा भवन निर्माण रोकिएको थियो ।

त्यसयता पटक पटक पेशी सार्दै अल्झाएको सर्वोच्चले सोमबार अन्तत: आदेश सार्वजनिक गर्दै एमाले र मीनबहादुर दुवैलाई राहत दिएको हो ।

अल्पकालीन अन्तरिम आदेशका क्रममा लागि सर्वोच्चले रिट निवेदक तथा विपक्षी एमाले र मीनबहादुरलाई पनि छलफलका लागि झिकाएको थियो । दुवै पक्षसँग छलफल सकिसकेपछि सर्वोच्चले रिट नै खारेज गरिदिएको हो ।

सुरुमा उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर त्यसपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।

कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैँको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए ।

त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भएको थियो ।

आदेश

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ०३ बजे

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार