भ्रष्टाचारीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड « Khabarhub

भ्रष्टाचारीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजाय गर्नुभन्दा आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले विलासी जीवनशैली जिउने चाहना राख्दा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए ।

कर्मचारीको तलब कम भएकाले पनि जीवन धान्न भ्रष्टाचार गर्ने गरेको हुनसक्ने भएकाले समयसापेक्ष तलब वृद्धि गर्दै जानुपर्नेमा उनको जोड थियो ।

तलब वृद्धि गर्ने, भ्रष्टाचार गरेको पाइएमा ती व्यक्तिमाथि कडा सजायको व्यवस्था गर्ने, सूचनाको हकलाई नागरिकसम्म पहुँच विस्तार गर्नेलगायत काम गरेमा भ्रष्टाचारमा स्वतः कमी आउने मुख्यमन्त्री सिंहको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेका खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, अर्थमन्त्री सुनीलकुमार यादव, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ र श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : २५ बजे

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर

नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान

प्रहरीको सरुवा बढुवालाई निष्पक्ष बनाउन गृहसचिव श्रेष्ठको निर्देशन

काठमाडौं– गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य