रवि र निकिताको खातामा २८ करोड ९१ लाख ! « Khabarhub

रवि र निकिताको खातामा २८ करोड ९१ लाख !

निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको नाममा रहेका विभिन्न बैंकका खाता मार्फत झण्डै २९ करोड रुपैयाँको कारोबार भएको समाचार आएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका रवि र उनकी पत्नी निकिताको नाममा रहेका ७ वटा बैंकका १७ वटा एकल र संयुक्त खाताहरूमा २८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको देखिएको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

रवि र निकिताको नाममा खोलिएका खाताहरूमा सन् २०१६ देखि पछिल्लो समयसम्म २९ करोडको कारोबार भएको ठगि प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको हवाला दिँदै मंगलबार प्रकाशित समाचारमा उल्लेख छ ।

समाचारअनुसार ग्लोबल आईएमई बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, हिमालयन बैंक गरी ७ बैंकमा रवि र निकिताका नाममा १७ वटा खाता देखिएका छन् ।

जसमध्ये ग्लोबल आईएमई बैंक, नेपाल बंैक लिमिटेड र सिद्धार्थ बैंकमा रविको नामका ३ वटा एकल खाता, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हिमालयन बैंकमा निकिताका नाममा १३ वटा एकल खाता र नेपाल बैंक लिमिटेडमा रवि–निकिताको संयुक्त खाताबाट कारोबार गरिएको छ ।

कान्तिपुर दैनिकका अनुसार उनीहरूले नेपाल बैंक लिमिटेडमा रहेको संयुक्त खाताबाट ४ करोड १३ लाख रुपैयाँको कारोबार गरेका छन् । रविले ग्लोबल आईएमई बैंकमा रहेको आफ्नो एकल खाताबाट ८ करोड २६ लाख रुपैयाँको कारोबार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

रविको एकल खाता रहेका अन्त्य दुई बैंकमध्ये नेपाल बैंक लिमिटेडबाट ३ करोड ८५ लाख र सिद्धार्थ बैंकबाट १० लाख ४६ हजार रुपैयाँको कारोबार गरेको देखिएको कान्तिपुर दैनिकमा समाचार छ ।

निकिताले आफ्नो एकल खाता रहेको सिद्धार्थ बैंकमा सबैभन्दा बढी ६ करोड ५७ लाखको कारोबार गरेकी छन् । यस्तै सोही बैंकमा रहेको अर्को खाताबाट उनले १० लाख ४६ हजार रुपैयाँ कारोबार गरेको देखिन्छ ।

निकिताको लक्ष्मी सनराइज बैंकमा रहेका दुई फरक–फरक खाताबाट क्रमशः ५ लाख ८९ हजार र ३२ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेका ३ वटा खातामा छुट्टाछुट्टै १ करोड ५ लाख, ३ करोड ७७ लाख र ५ सय अमेरिकी डलरको कारोबार गरेको पाइएको छ ।

यस्तै प्रभु बैंकमा रहेका निकिताका ३ वटा खाताहरूबाट क्रमशः २३ लाख २७ हजार, २ हजार र ३२ हजार, ग्लोबल आईएमई बैंकमा रहेका २ खाताबाट २ करोड २९ लाख र ३ लाख १३ हजार रुपैयाँ फरक–फरक कारोबार भएको प्रहरीको अनुसन्धानमा देखिएको समाचारमा जनाइएको छ । पूर्वगृहमन्त्री रविपत्नी निकिताले नेपाल बैंक लिमिटेडको खाताबाट २ करोड ३२ लाख र हिमालयन बैंकको खातामार्फत् १ लाख ६० हजार रुपैयाँ कारोबार गरेको कान्तिपुरले लेखेको छ ।

रवि र निकिताले एकल र संयुक्त खातामार्फत् झण्डै २९ करोड रुपैयाँ बराबरको कारोबार गरे पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरी मात्र ७ लाख ७४ हजार रुपैयाँ मौज्दात देखिएको समाचारमा उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित समाचारप्रति निकिताले आपत्ति जनाएकी छ्न् ।

यो पनि- 

निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ४२ बजे

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै

ट्राफिक कारबाहीबाट पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ९२२ सवारीचालकलाई सवारी

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर