एसिसी महिला यू-१९ : झरी परेपछि भारतसँग बराबरी, नेपाल समूह उपविजेता « Khabarhub

एसिसी महिला यू-१९ : झरी परेपछि भारतसँग बराबरी, नेपाल समूह उपविजेता


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिसी महिला यु– १९ क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबार भएको खेल मौसमका कारण रद्द भएपछि नेपाल र भारतले अंक बाँडेका छन् ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको थियो ।

त्यसपछि खेल पुनःसञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई एक अंक दिइएको छ । यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बने ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै भारतलाई ९४ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशा यादवले २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाएनन् ।

भारतकी पारुनिका सिसौदाले नेपालका ४ विकेट झारिन् । समूह ‘बी’बाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै अन्तिम ४ मा प्रवेश गरेका छन् ।

नेपालले अब अन्तिम ४ मा आगामी बिहीबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै