युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा « Khabarhub

युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसको राजधानी मस्कोमा भएको एक बम विस्फोटमा रूसी सेनाका एकजना जनरलको मृत्यु भएको घटनाको जिम्मेवारी युक्रेनी एजेन्सीले लिएको छ ।

कियभस्थित स्वतन्त्र समाचार एजेन्सी आरबीसीले जनाएअनुसार मंगलबार भएको उक्त घटनाको जिम्मेवारी युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले लिएको हो ।

उता रूसले लेफ्टिनेन्ट जनरल किरिलोभ मारिन पुगेको घटनालाई ‘आतंकवादी कारबाही’को संज्ञा दिएको छ ।

रूसको जाँच कमिटीका अनुसार विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ आणविक जैविक रासायनिक सुरक्षा बलमा तैनाथ थिए ।

यो घटना एक स्कुटरमा लुकाएर लगिएको एक डिभाइसमा विस्फोट हुँदा भएको हो। जाँच कमिटीले यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको जनाएको छ।

अक्टोबर महिनामा ब्रिटेनले युक्रेनमाथि रासायनिक हतिायर प्रयोगमा नजरअन्दाज गरेको आरोपसहित किरिलोलाई विभिन्न प्रतिबन्ध लगाएको थियो ।

ब्रिटेनले किरिलोभ ‘क्रेमलिनका मुखौटा’ बनेको आरोप लगाउँदै आएको थियो । युक्रेनले मस्कोको विस्फोटमा रूसी सेनाका प्रमुख अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभको हत्या आफूले गरेको भन्दे जिम्मेवारी लिएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ५६ बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ