युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा | Khabarhub Khabarhub

युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसको राजधानी मस्कोमा भएको एक बम विस्फोटमा रूसी सेनाका एकजना जनरलको मृत्यु भएको घटनाको जिम्मेवारी युक्रेनी एजेन्सीले लिएको छ ।

कियभस्थित स्वतन्त्र समाचार एजेन्सी आरबीसीले जनाएअनुसार मंगलबार भएको उक्त घटनाको जिम्मेवारी युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले लिएको हो ।

उता रूसले लेफ्टिनेन्ट जनरल किरिलोभ मारिन पुगेको घटनालाई ‘आतंकवादी कारबाही’को संज्ञा दिएको छ ।

रूसको जाँच कमिटीका अनुसार विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ आणविक जैविक रासायनिक सुरक्षा बलमा तैनाथ थिए ।

यो घटना एक स्कुटरमा लुकाएर लगिएको एक डिभाइसमा विस्फोट हुँदा भएको हो। जाँच कमिटीले यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको जनाएको छ।

अक्टोबर महिनामा ब्रिटेनले युक्रेनमाथि रासायनिक हतिायर प्रयोगमा नजरअन्दाज गरेको आरोपसहित किरिलोलाई विभिन्न प्रतिबन्ध लगाएको थियो ।

ब्रिटेनले किरिलोभ ‘क्रेमलिनका मुखौटा’ बनेको आरोप लगाउँदै आएको थियो । युक्रेनले मस्कोको विस्फोटमा रूसी सेनाका प्रमुख अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभको हत्या आफूले गरेको भन्दे जिम्मेवारी लिएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ५६ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका