सगरमाथा हेरेर स्वदेश फर्किए ब्रायन लारा | Khabarhub Khabarhub

सगरमाथा हेरेर स्वदेश फर्किए ब्रायन लारा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा आएका क्रिकेट लिजेन्ड ब्रायन लाराले सगरमाथा बेस क्याम्पको भ्रमण गरेका छन् । सोमबार बिहान सगरमाथालाई नजिकबाट देख्दा उत्साही बनेका उनी मंगलबार स्वदेश फर्केका छन् ।

ब्रायन सोमबार बिहान आफ्नी छोरी टिला लारालाई साथमा लिएर सिम्रिक एयरको हेलिकोप्टरबाट सगरमाथा बेस क्याम्पमा पुगेका थिए ।

ब्रायनले विश्वकै जोखिमपूर्ण मानिने लुक्ला एयरपोर्टलाई पनि चासोपूर्वक हेरेको र हिलारी एयरपोर्टमा स्थानीय फ्यानहरुलाई अटोग्राफ दिएको ब्रायनसँगै गएका सिद्धार्थ थापाले खबरहबलाई बताए । थापाले ब्रायनकी छोरीसँगै आफ्नी छोरी अमाया थापालाई पनि लगेका थिए ।

विश्वको सबैभन्दा अग्लो ठाउँमा पुगेर उत्साही बनेका ब्रायनले अमायालाई क्रिकेटको ब्याटमा हस्ताक्षर गरेर उपहार दिए ।

सगरमाथा क्षेत्रमा पुगेका ब्रायनले विभिन्न हिमालहरु हेलिकोप्टर चढेर नजिकैबाट अवलोकन गरे ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न र नेपाली खेलाडीहरुलाई हौसला दिन विश्व चर्चित क्रिकेटर ब्रायन गत शुक्रबार नेपाल आएका थिए।

 

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ८ : २१ बजे

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस