आज देशभरको मौसम कस्तो रहला ? « Khabarhub

आज देशभरको मौसम कस्तो रहला ?


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो सोही समय काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको थियो ।

आज दिउँसो र रातिको समयमा देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डययनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : २७ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको