सिरहामा सडक दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या बढी | Khabarhub Khabarhub

सिरहामा सडक दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या बढी


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्युहुनेको सङ्ख्या भने बढेको छ । गत आर्थिक वर्षको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो । यसमा ६८ जनाले ज्यान गुमाएका थिए । एक हजार पाँच सय ७९ जना घाइते भएका थिए । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।

उनका अनुसार मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो मात्राका अव्यवस्थित सिटी रिक्सालगायत कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्यु हुने गरेको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव नहुने जनाउँदै प्रहरी निरीक्षक थपलियाले सरोकारवाला सम्पूर्ण निकायले सार्थक पहलकदमी लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : ३५ बजे

दक्षिण कोरियाका राष्ट्रपति भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन्

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको

पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ

नेपालगञ्ज – प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा

चितवनका बोपारा : एनपीएलमा ३ अर्धशतक बनाउने एक्ला ब्याटर, धेरै रन पनि

  काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा तीन अर्धशतक प्रहार

राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान

मान्म – राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रूपमा