थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू) | Khabarhub Khabarhub

थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू)


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा थालिएको छ। पुस १ गतेदेखि राष्ट्र बैंकले नयाँ भवनबाट सेवा सञ्चालन थालेको हो ।

यसअघि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट सेवा दिने गरिएको थियो। केन्द्रीय बैंकको सम्पति तथा सेवा ब्यवस्थापन विभागअन्तर्गतका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवा मंगलबारदेखि थापाथलीस्थित नवनिर्मित भवनबाट सुरु भएको हो ।

उक्त भवन भूकम्पपछि पुरानै अर्थात् सिंहमहलकै पुरानै स्वरुपमा बनाइएको हो । यो भवन २ अर्ब २५ करोड लागतमा बनाइएको हो।

२०७२ सालको भूकम्पले भत्किएको भवन निर्माण सकिएसँगै सेवा पनि थालिएको हो । भूकम्पबाट ढलेको राणाकालीन भवनलाई हटाएर पुरानै शैलीमा नयाँ बनाइएको हो ।

राष्ट्र बैंकका अनुसार, सहरी विकास तथा भवन निर्माण विभागले ठेक्का लगाएर यसलाई बनाएका हुन् ।

२०७५ भदौ ११ गते निर्माण सम्झौता भएको यो भवन निर्माणको ठेक्का बिलिल कन्टेक जेभीलाई दिएको थियो।

सुरुमा ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर त्यसको दोब्बर समय लगाएर निर्माण गरिएको हो । सुरुमा लागत एक अर्ब ७७ करोड अनुमान गरेर ठेक्का लगाइएको थियो । तर यो भवन २ अर्ब २५ करोडमा तयार भएको हो ।

थापाथलीमा राष्ट्र बैंकको ४२ रोपनी ३ आना २ पैसा जग्गा थियो । यहाँको नयाँ भवनमा मुख्य बैंकिङ कार्यालय, हेल्थ क्लब, सेक्युरिटी ब्लक र चमेनागृह ब्लक छन्। मूल भवन ६ तले बनाइएको छ। बाहिरी भाग पुरानो राणाकालीन सिंहमहल जस्तै बनाइएको छ ।

तस्बिरहरू : नेपाल फोटो बैंक

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ०५ बजे

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित

कोप-३० मा नौ एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)-: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा

करेन्ट लागेर एक महिलाको मृत्यु

भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको

निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर

काठमाडौं- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा जेन–जी आन्दोलनमा