पुस १३ देखि पोखरा सडक महोत्सव « Khabarhub

पुस १३ देखि पोखरा सडक महोत्सव


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

महोत्सवका संयोजक विकास भट्टराईले महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार लगाएका कार्यक्रम हुने बताए ।

पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने उनले बताए । स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्याउन यसअघिका महोत्सवले मद्दत गरेको र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको रेबान पोखराले जनाएको छ । नेपालमा आउने विदेशी पर्यकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ३ : ४१ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले