न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव | Khabarhub Khabarhub

न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव

परिषद सदस्य भण्डारीले यसरी खोले गुनासोको पोको


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषदमा रिक्त सदस्य पदका लागि चाँडो नाम पठाउन नेपाल बार एशोसिएसनलाई परिषदका सदस्यहरुले दबाव दिएका छन् ।

नेपाल बार एशोसिएनको सिफारिसमा न्याय परिषद सदस्य रहेका रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि परिषदमा एक सिट रिक्त छ । न्याय परिषदले देशभरका न्यायाधीशहरुको नियुक्ति, सुरुवा र अनुशासनसम्बन्धी कारवाहीमा भूमिका खेल्दै आएको छ ।

संविधानको धारा १५३ अनुसार न्यायपरिषदमा प्रधान न्यायाधीश अध्यक्ष रहने प्रावधान छ । त्यस्तै, सदस्यमा सर्वोच्चका बरिष्ठतम न्यायाधीश सदस्य रहन्छन् । यसअनुसार अहिले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत परिषदको अध्यक्ष छन् भने न्यायाधीश सपना प्रधान मल्ल सदस्य छिन् ।

पाँच सदस्यीय न्याय परिषदमा कानूनमन्त्री पनि सदस्य रहने प्रावधान छ । त्यसैगरी राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा एकजना सदस्य नियुक्त गर्ने र नेपाल बारको सिफारिसमा अर्को एक सदस्य नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

परिषदमा बारले पठाएका प्रतिनिधि रामप्रसाद श्रेष्ठको अवकाशपछि अहिले ४ जना मात्र छन् ।

पछिल्लो समय सर्वोच्च, उच्च र जिल्ला अदालतमा दर्जनौं न्यायाधीशहरुको पद रिक्त हुँदा पनि परिषदले काम गर्न सकिरहेको छैन । परिषदको काममा नेपाल बारले बाधा पु¥याइरहेको न्याय परिषदका सदस्य रामप्रसाद भण्डारीको आरोप छ ।

बुधबार महान्यायाधिवक्ता कार्यालयको सभाहलमा आयोजित ३४ औं न्याय परिषद दिवसमा बोल्दै परिषद सदस्य भण्डारीले नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि कटाक्ष गरे ।

‘न्यायाधीश नियुक्ति निर्देशिका कोक्रोमा मूर्छित अवस्थामा छ । यो फेरि जन्मिन सक्छ’ राष्ट्रपतिबाट ०७८ सालमा परिषदमा नियुक्त भएका भण्डारीले भने, ‘बारले परिषदलाई केही मागहरु राख्नुभएछ । न्यायपरिषदको ३३ वर्षे इतिहासमा बार अध्यक्षको नेतृत्वमा परिषदविरुद्ध जिन्दावाद र मूर्दावादको नारा लाग्यो ।’

परिषद सदस्य भण्डारीले असन्तुष्टि पोख्दै भने, ‘मैले मीठो अनुभव गरेको छैन । पटक्कै मीठो अनुभव गरेको छैन ।’

नेपाल बारकै चित्त बुझाउने क्रममा दुई जना मात्रै न्यायाधीशहरु नियुक्त गर्न सकिएको र थप काम हुन नसकेको भण्डारीले गुनासो गरे । उनले यस्तो गुनासो गरिरहँदा बारका अध्यक्ष घिमिरे पनि कार्यक्रममा उनीसँगै उपस्थित थिए ।

बार अध्यक्ष घिमिरेले भने न्याय परिषदलाई प्रभावकारी बनाउने भूमिका खेल्न नेपाल बार तयार रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा तीतो पोख्दै न्याय परिषद सदस्य भण्डारीले चाँडै सदस्यको नाम पठाउन बार अध्यक्षसँग आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानन्यायाधीश एवं न्याय परिषद सदस्य प्रकाशमानसिंह राउतले पनि बारले अलिवम्ब परिषद सदस्यको नाम पठाउने विश्वास प्रकट गरे ।

‘प्रधानन्यायाधीशको भरपर्दो सारथीका रुपमा मैले न्याय परिषदलाई लिएको छु’ प्रधानन्यायाधीश राउतले भने, रिक्त स्थान परिपूर्तिका लागि बारले अविलम्ब प्रयास गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

यो पनि–
कानूनमन्त्रीकै गृहजिल्लाका दुई न्यायाधीश सम्मानित

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ०३ बजे

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको

लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत