मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो | Khabarhub Khabarhub

मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।

मंगलबार जारी गरिएको प्रारम्भिक तथ्यांकले आइतबार मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा अवतरण गरेपछि चक्रवातले ३४ जनाको ज्यान लिएको बताएको छ ।

अद्यावधिक गरिएको सङ्ख्यामा केन्द्रले काबो डेलगाडोमा ३८ जना, नाम्पुला प्रान्तमा चार जना र भित्री नियासामा थप तीन जनाको मृत्यु भएको बताएको छ । एकजना व्यक्ति बेपत्ता भएका छन् ।

चक्रवातले प्रतिघन्टा करिब २६० किलोमिटरका हावाका साथै २४ घन्टामा करिब २५० मिलिमिटर वर्षा ल्याएको थियो । करिब ५०० जना घाइते भएका छन् ।

चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । कूल एक लाख ८१ हजारभन्दा बढी मानिस यस चक्रवातबाट प्रभावित भएका छन् ।

चिडोले नियमित रूपमा चक्रवातहरू आउने र सङ्घर्ष तथा विकासको कमीका कारण पहिले नै कमजोर अवस्थामा रहेको उत्तरी मोजाम्बिकको भागलाई प्रभावित गरेको छ ।

हिन्द महासागरको टापु मायोट्टेमा ठोक्किएपछि चक्रवात मोजाम्बिकमा अवतरण भयो । यसले यहाँ सयौँ र सम्भवतः हजारौँ मानिसहको ज्यान लिएको आशंका गरिएको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ४१ बजे

कोप-३० मा नौ एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)-: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा

करेन्ट लागेर एक महिलाको मृत्यु

भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको

निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर

काठमाडौं- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा जेन–जी आन्दोलनमा

नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

भजनी (कैलाली)- कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा