साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ « Khabarhub

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम चौधरी जेलमा भएका बेला साङ्लाले खुट्टा बाधेको फोटो सामाजिक सञ्जालमा राखेर स्ट्याटस लेखेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेको फोटो भाइरल भएपछि उनले रेशम चौधरीको फोटो सामाजिक सञ्जालमा आफूहरूमाथि विभेद भएको गुनासो गरेकी हुन् ।

उनले सार्वजनिक गरेको फोटोमा उनका श्रीमान् रेशम हस्पिटलको बेडमा साङ्लाले खुट्टा बाधेको अवस्थामा देखिएका छन् ।

रञ्जिताले आफ्ना श्रीमान् पनि त्यो बेला सांसद नै भएको बताउँदै लेखेकी छन्, ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहा पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो ।’

उनले लेखेकी छन्- ‘अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा पूर्व गृहमन्त्री माननीय रवि ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाही विभेद भएकै हो जस्तो महसुस भयो ॥

हाम्रो नागरिक  उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय वहाँ पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो॥
जय नागरिक

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ५ : १० बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर