अर्थसंक्षेप : नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता, हेटौँडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता, हेटौँडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र कोरियाबीच टीआईपस्एफ सम्झौता भएको छ । त्यस्तै, एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी भएको छ ।

कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिनेभएको छ भने नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकहरूसँग उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज छलफल गरेका छन् ।

आजका आर्थिक समाचारहरू :

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दि

एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्धन तथा लगानी विस्तार गर्न भन्दै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघले जनाएको छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार पनि घाटा कम हुने विश्वास रहेको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कृषि विकास बैंकले १०.५३ प्रतिशत बोनस दिने
कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको बिहीबार ९ः३० बजे बसेको ११३७ औँ सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ ।

कम्पनीको सचिव हिमलाल पौडेलका अनुसार बैंकले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरी ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले जारी गरेको अग्राधिकार शेयरमा समेत ६ प्रतिशत लाभांश दिने भनेको छ ।

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् । उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री खड्काले सुक्खा याममा भारतबाट विद्युत् आयात गर्नुपर्ने र भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिएका थिए । उनले विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सवलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा रायसुझाव मागेका थिए ।

सुन्तला किन्न व्यापारी बगैँचामै पुगेपछि किसान खुसी
स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरेका छन् ।

आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौंस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो । पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताए ।

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा
मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै नभइ बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् ।

मकवानपुरमा हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा छ । उक्त क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगहरूमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार उत्पादन प्रशोधन उद्योग, नेपालपोल उत्पादन प्रालि र काष्ठ फर्निचरलगायत छन् ।

यसैगरी, उक्त औद्योगिक क्षेत्रमा गोरखालारी चुरोट उद्योग प्रालि, हेटौँडा दुग्ध वितरण आयोजना, नेपाल चियापत्ती उद्योग प्रालि, नेपाल खाने तेल उत्पादन उद्योग, नेपाल कार्टुन उद्योग प्रालि र नेपाल बोट्लर्स उद्योग प्रालि र नेपाल मदिरा उत्पादन उद्योग प्रालिसमेत रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ६ : ३४ बजे

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ