युक्रेनमा आक्रमण गर्न ढिला भएको पुटिनको ठहर « Khabarhub

युक्रेनमा आक्रमण गर्न ढिला भएको पुटिनको ठहर

चीनसँगको सम्बन्ध माथिल्लो उचाइमा रहेको दाबी


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आफूले केही समय अगावै युक्रेनमा आक्रमण गरेको भए सो निर्णय सही हुने निष्कर्ष निकालेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना अगाडि बढेको बताएका हुन्। उनले विशेष अपरेसनको लामो तयारी समेत भएको बताएका छन्।

सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया लिएको थियो। त्यसपछि पूर्वी युक्रेनमा तनाव सुरु भएको थियो। त्यसको ८ वर्षपछि रुसले किभमा धावा बोलेको हो।
चार घण्टा लामो समय पत्रकार सम्मेलनमा पुटिनले आणविक हतियार, सिरियाका निर्वासित नेता तथा अन्य घरेलु एजेन्डाका बारे आफ्नो धारणा राखेका थिए।

‘रिजल्ट अफ द इयर विथ भ्लाडिमिर पुटिन’ नामबाट ब्रोडकास्ट गरिएको लाइभ संसार भर हेरिएको थियो। उनी ठुलो स्क्रिनमा रुसको राष्ट्रिय झन्डा र नजिकै कब्जा गरिएको युक्रेनी भूभाग सहितको रुसको नक्सालाई छेउमा राखेर मन्तव्य राखेका थिए।

सर्वसाधारण, विदेशी पत्रकार तथा अन्य धेरै बाट प्रश्नहरू आए पनि यस कार्यक्रमलाई एकदमै नियन्त्रित रूपमा सञ्चालित गरिएको थियो। उनले २५ वर्ष अघि बोरिस यल्तसिनको समयमा भन्दा अहिले रुसको सार्वभौमिकता बलियो भएको दाबी गरे। उनले आसाद भाग्नुलाई रुसको हारको रूपमा बुझ्न गलत भएको समेत बताए। उनले यसलाई जटिल विषयको रूपमा लिए। उनले भागेर मस्को पुगेका सिरियाली पूर्व राष्ट्रपतिसँग अझै कुरा गरेका छैनन्। परन्तु उनी यस योजनामा छन्।

उनले भूमध्य सागरीय पट लगायत विषयमा सिरियाको नयाँ नेतृत्वसँग तुरुन्त वार्ता गर्ने समेत बताए। साथै उनले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पसँग चार वर्ष यता कुनै संवाद नभए पनि उनले चाहेमा त्यो सम्भव भएको बताए। उनले चीनसँगको सम्बन्ध अहिलेसम्मकै माथिल्लो उचाइमा पुगेको र विश्वलाई नयाँ दिशा दिन सहकार्यको सम्भावना रहेको बताए।

पुटिनले युक्रेनमा युद्ध लडी रहेको रुसी सेनालाई नायकको संज्ञा दिँदै बिस्तारै त्यो जत्था अघि बढी रहेको समेत बताए।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : २७ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा