महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल, विजयी भए फाइनल खेल्ने « Khabarhub

महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल, विजयी भए फाइनल खेल्ने


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११:४५ बजे सुरु हुनेछ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

समूह ‘बी’ को विजेता बन्दै सुपर चार पुगेको भारतको पाँच अंक छ। बंगलादेश र नेपालको समान चार अंक भए पनि रनरेटका आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। श्रीलंका भने सुपर चारको तालिकामा तीन अंकका साथ अन्तिम स्थानमा छ। शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल भिडन्त आइतबार बिहान हुँदैछ।

एसियाबाट यु-१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ०३ बजे

रोजकुमार यादवले बुधबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु