संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार संघीय संसद्का ४ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार सबै समितिको बैठक, सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ, जुन बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ, जसका लागि बिहान ११ः०० बजे बैठक बोलाइएको छ ।

उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न १२ः३० बजे बोलाइएको छ । जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिका सदस्यहरूले विभिन्न स्थानमा गरेका स्थलगत अनुगमन प्रतिवेदन माथि र समितिको आगामी कार्यक्रम सम्बन्धमामा छलफल गर्नका लागि बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ३८ बजे

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको