एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै | Khabarhub Khabarhub

एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक खेल अगावै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको नेपाली यु-१९ टोलीले अन्तिम खेलमा अहिले ब्याटिङ गर्दैछ। काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेको नेपालले सुरुमा ब्याटिङ गरेको हो।

अन्तिम खेल अगाडि नै नेपालले तीन खेलको सिरिज २-० ले अग्रता लिएको छ। पहिलो खेलमा तीन विकेटले विजयी भएको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो।

दोस्रो खेलमा जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सबै विकेटको क्षतिमा ७१ रनमा समेटिएको थियो।

मुलपानी क्रिकेट मैदानमा अहिले जारी खेलको आठ ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा २७ रन बनाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ४८ बजे

दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

हुम्ला – जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई

सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन

काठमाडौं – बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सर्बियाको नोभि

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु

भारतीय पर्यटकले श्रीलङ्काको अर्थतन्त्रलाई नयाँ आकार दिँदै

कोलम्बो – पछिल्लो समय श्रीलंका जाने भारत पर्यटकहरुको संख्या बढेको

शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए

म्याग्दी – जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा