काठमाडौं – गत असार ३० गते प्रधानमन्त्री बनेयता नेकपा एमालेका अध्यक्ष केपी शर्माले संघीय सरकारलाई गति दिन सकेका छैनन् ।
पहिलो र दोस्रो कार्यकालमा आफ्नो अडानका केही प्रशंसा बटुलेका ओली यो कार्यकालमा आलोचनाको घेरामा छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग जुहारी खेल्नेदेखि कामभन्दा भाषणमा धेरै समय दिएका कारण नेपाली कांग्रेससहितको सरकारले परिणाममुखी काम गर्न सकेको छैन ।
ओली यसबीचमा आफ्ना विपक्षी र विरोधीलाई खुइल्याउन पछि पर्दैनन् । सरकारले गति लिन नसकेका बेला ओली अझै दम्भ बोकेर हिँडिरहेका छन् । नयाँ आर्थिक वर्षको ५ महिनामा विकास खर्च केबल १२ प्रतिशत छ तर ओली भने दम्भको उडानमा छन् ।
खबरहबका लागि दीपक गौतमले बनाएका यो कार्टुनमार्फत् ओलीको त्यही प्रवृत्तिमा प्रहार गरिएको छ । सरकारलाई गति दिएर जनतामाझ परिणाम पुर्याउनेभन्दा दम्भ बोकेर बस्दा दिनदिनै आलोचना बढिरहेको छ । ओली सार्वजनिक मञ्चमा सुखी नेपाली समृद्ध नेपाल भनिरहन्छन् तर ठोस देखिने काममा भने चुकिरहेको कुरालाई यस कार्टुनमार्फत् कटाक्ष गरिएको छ ।
प्रतिक्रिया