अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ | Khabarhub Khabarhub

अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटस्थित अनुचित लेनदेन मिटरव्याजी कारोबार गर्ने गरेको आरोपमा एक जना सरकारी सेवामा कार्यरत कर्मचारी लाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ५ मिठुअवा गाउँका ४१ वर्षीय श्रीभगवान साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

स्थानीय रामप्रित साहको जाहेरीमा प्रतिवादी श्रीभगवान साह र निजको श्रीमती विनीता साह अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरी रहँदा बिहीबार। श्रीभगवान शुकदेव चौकबाट पक्राउ परेका हुन्। उनको श्रीमती हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। श्रीभगवान  कर्णाली प्रदेशमा सरकारी सेवामा कार्यरत रहेका छन्।

त्यहाँबाट घरआएर लुकीछिपी बसिरहेको  प्रहरीले थाहा पाएपछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।

पछिल्लो समयमा रौतहटमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी मुद्दामा प्रहरीले विशेष सक्रियता देखाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १ : ०६ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १० गते शनिबार। साउन

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १० गते शनिबार। साउन

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी