अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ « Khabarhub

अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटस्थित अनुचित लेनदेन मिटरव्याजी कारोबार गर्ने गरेको आरोपमा एक जना सरकारी सेवामा कार्यरत कर्मचारी लाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ५ मिठुअवा गाउँका ४१ वर्षीय श्रीभगवान साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

स्थानीय रामप्रित साहको जाहेरीमा प्रतिवादी श्रीभगवान साह र निजको श्रीमती विनीता साह अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरी रहँदा बिहीबार। श्रीभगवान शुकदेव चौकबाट पक्राउ परेका हुन्। उनको श्रीमती हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। श्रीभगवान  कर्णाली प्रदेशमा सरकारी सेवामा कार्यरत रहेका छन्।

त्यहाँबाट घरआएर लुकीछिपी बसिरहेको  प्रहरीले थाहा पाएपछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।

पछिल्लो समयमा रौतहटमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी मुद्दामा प्रहरीले विशेष सक्रियता देखाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १ : ०६ बजे

सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

भद्रपुर– बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको