एसिया कप क्रिकेट : बंगलादेशसँग नेपाल नौ विकेटले पराजित | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : बंगलादेशसँग नेपाल नौ विकेटले पराजित


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग  नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेशले प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको  छ ।

आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो ।  जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले  १८ रन बनाइन । साथै सुमैया  अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक-एक विकेट लिएका छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : २५ बजे

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ– यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात