भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने | Khabarhub Khabarhub

भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले वृद्धि हुने निष्कर्षसहित एउटा प्रतिवेदन सार्वजनिक भएको छ ।

स्टेट बैंक अफ इण्डियाले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष सन् २०३२ सम्म भारतको ऊर्जा भण्डारण क्षमता १२ गुणाले वृद्धि भई ६० गिगावाट पुग्ने उल्लेख छ ।

यो भारतको नवीकरणीय ऊर्जा स्रोतको अपेक्षित वृद्धिभन्दा धेरै रहेको समाचार संस्था एएनआईले जनाएको छ । सन् २०२० मा भारतमा भण्डारण क्षमतासहितका नवीकरणीय ऊर्जा स्रोत ५ प्रतिशत रहेकोमा सन् २०२४ मा त्यो बढेर २३ प्रतिशत पुगेको छ ।

ब्याट्री ऊर्जा भण्डारण प्रणाली र पम्प भण्डारण परियोजनाले ऊर्जा भण्डारण बजारको महत्त्वपूर्ण हिस्सा ओगट्ने अपेक्षा गरिएको छ । सन् २०३२ सम्म ब्याट्री ऊर्जा भण्डारण प्रणालीको क्षमता ३ सय ७५ प्रतिशतले वृद्धि भई ४२ गिगावाट पुग्ने छ भने पम्प भण्डारण परियोजनाको क्षमता ४ गुणाले बढेर १९ गिगावाट पुग्ने छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : १९ बजे

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई