भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो | Khabarhub Khabarhub

भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले विकास गरेको पिनाका क्षेप्यास्त्र प्रणाली किन्न विभिन्न मुलुकहरुले चासो देखाएका छन् ।

सोलर एक्सप्लोसिभ नामक रक्षा कम्पनीका कार्यकारी निर्देशक अवकाशप्राप्त मेजर जनरल भी आर्याले पिनाका खरिद गर्न विभिन्न मुलुकले चासो देखाएको जानकारी दिएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै हाल पिनाका क्षेप्यास्त्र प्रणाली भारतबाहेक अर्मेनियाको सेनाले मात्रै प्रयोग गर्दै आइरहेको उल्लेख गरेका छन् । यद्यपि यस क्षेप्यास्त्र प्रणाली खरिद गर्न विश्वका विभिन्न मुलुकहरूले चासो देखाइरहेको उनको भनाइ छ ।

मल्टि ब्यारेल रकेट लञ्चर प्रणालीमा आधारित यस क्षेप्यास्त्रको मारक दूरी ७५ देखि ० किलोमिटरसम्म रहेको जनाइएको छ । परीक्षण र द्वन्द्वमा राम्रो प्रदर्शन गर्नुका साथै सस्तो मूल्य रहेकाले पनि धेरै मुलुकहरू यस हतियार खरिद गर्न उत्सुक रहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ४० बजे

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा