शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए « Khabarhub

शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् । मङ्सिर–पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । वसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुन् ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिटि ‘ट्रेकिङ’ कम्पनीबाट आएका चार आरोहीहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका बताए ।

“नारच्याङबाट गाडीमा हुमखोला पुगेका स्पेन, इटली र इराकका चार जना पर्वतारोही त्यहाँबाट पैदलयात्रामार्फत आधार शिविरतर्फ गएका जानकारी आएको छ”, उनले भने, “शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि थाहा पाएका छैन ।”

नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोही केहीदिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले जानकारी दिए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।

समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको पदमार्गका अभियन्ता गुरुङले बताए । दसैँ, तिहारको समयमा करिब पाँच हजार पर्यटकले आधार शिविर क्षेत्रको भ्रमण गरेका उल्लेख गर्दै उनले चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा हिउँ जम्न थालेपछि पर्यटकको आगमन घट्ने जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : १३ बजे

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन