एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ? | Khabarhub Khabarhub

एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ?


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन्भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

शतप्रतिशत दिन्छौँः दीपेन्द्रसिंह ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शत्प्रतिशत योगदान दिने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गरे । “त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शत्प्रतिशत दिन्छौँ”, पत्रकार सम्मेलनमा दीपेन्द्रले भने ।

कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे। “सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उनले भने, “हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शत्प्रतिशत दिनेछौँ ।”

राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले भने, “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”

कप्तान शेखले भने, “भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।”

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ३५ बजे

रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर

काठमाडौं – फुटबलका लिजेण्ड रोबर्टो कार्लोस । उनको जन्म १०

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालतमा मुद्दा 

पोखरा– पोखरा महानगरपालिका अन्तर्गत उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत

धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

काभ्रेपलाञ्चोक– धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता

काठमाडौं– पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न एक खर्ब बराबरको अधिकृत